एकादेशमा तीन जना मानिस हिंड्दै थिए । बाटोमा ठूलो ऊखु बगैँचा रहेछ । वरिपरि हेर्दा सुनसान, कोहि देखिएन । एक जनाले भन्यो- एक एक वटा ऊखु भाँचेर खाँदै जाऊँ ।' अरु दुई जनाले सहमति जनाए । जब ऊखु भाँचेर हिंड्न थाले, तब बगैँचाबाट ऊखु मालिक फुत्त बाहिर निस्क्यो र विनम्रतापूर्वक सोध्यो -यहाँहरु को हुनुहुन्छ?' तीन बटुवा हेराहेर गर्न पुगे । ऊखु मालिकले थर-घर सोध्यो । तीन बटुवामध्ये एक जनाले ब्राम्हणको परिचय दियो, अर्कोले क्षेत्री र अर्कोले दलित बताए ।
ऊखु मालिकले पाखुरा सुर्कंदै दलितको घाँटी अठ्यायो र गोद्न थाल्यो । ऊखु मालिक भन्दैथ्यो - उहाँ मैले पुजेको ब्राम्हण, उहाँले एक लाथ्रा ऊखु खाँदा मलाई पुण्य नै मिल्छ । उहाँ त झन मेरो वंश, अंश नै लाग्ने क्षेत्रीले एक लाथ्रा खाएर केहि विग्रेन । तँ दलित को होस् र मेरो ऊखु चोरिस् !' ब्राम्हण र क्षेत्री आफू सुरक्षित रहेको ठानेर रमिता हेरि बसे । दलित रक्तमुछेल बेहोस् बन्यो ।
जब दलित बेहोस् बनेर ढले, तब ऊखु मालिक क्षेत्रीको कठालो समात्न पुगे र सम्पूर्ण तागतले प्रहार गर्दै भन्न थाले, 'उहाँ ब्राम्हण, हात हाले मलाई पाप लाग्छ । तर तँ गधालाई वंश भन्दैमा कहाँ छाड्छु !' ब्राम्हण रमिता हेरि बस्यो । ऊखु मालिकको कुटाईले क्षेत्री पनि ढल्यो ।
जब क्षेत्री बेहोस बनेर ढले, ऊखु मालिकले ब्राम्हणको घाँटी अठ्याई हाले । ब्राम्हणलाई पछार्दै ऊखु मालिक भन्दै थिए, 'काठा, तँलाई नै मीठो मीठो चढाऊनु पर्ने अनि मेरो ऊखु पनि चोर्ने!?'
कुटाई खाईरहेको ब्राम्हण करायो, 'ए साथि हो, सघाव नै मलाई ' दलित र क्षेत्री एक स्वरमा बोले -अघि मलाई कुटेको बेला सघा थिस्!' ब्राम्हणले कुटाई खाईरहँदा दलित र क्षेत्री केहि होसमा आउँदै थिए । ब्राम्हण रगतपक्ष बन्यो । ऊखु मालिक घरतिर लागे ।
***
प्रस्तुत कथा क. पुष्पलाल श्रेष्ठ